कर्णालीमा संघीय बजेट थोरै आउने परम्परालाई यसपटक तोड्छुः काँग्रेस उपसभापति खड्का

पढ्नै पर्ने

सूर्यदीप रेग्मीhttp://chiyamedia.com
रेग्मी कर्णाली पोस्ट डटकमका सञ्चालक/सम्पादक हुन।

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीमा संघीय सरकारबाट थोरै बजेट आउने परम्परालाई यसपटक तोड्ने बताउनु भएको छ। नेपाली काँग्रेस गुर्भाकोट नगर कार्य समितिले शनिवार गुर्भाकोटमा आयोजना गरेको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति खड्काले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई प्राथमिकतामा राखेर आउने दाबी गर्नुभयो। खड्काले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा समेत यसपटक संघीय बजेट बढाइने बताउनु भयो ।

आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूसँग कर्णालीलाई बजेटमा प्राथामिकता दिने विषयमा प्रस्ताव गरेको भन्दै उपसभापति खड्काले चुनावका बेलामा गरेका बाचा आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिनुभयो।

खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई चारलेनको बनाउनका लागि ठेक्का आव्हान गरिएको, मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम काङ्ग्रेसकै नेतृत्वमा भइरहेको बताउँदै कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरू आम जनतामाझ पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनु भयो।

सम्बोधनका क्रममा उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि नयाँ सरकार गठनका विषयमा छलफल हुने र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली काँग्रेस पनि सरकारमा सहभागी हुने बताउनु भयो।

सम्मेलनमा नेपाली काँग्रेस कर्णाली प्रदेश सभा सदस्यद्वय खड्क पोखरेल, बलिमाया बुढा, प्रदेश कार्य समिति सदस्यद्वय चित्र बहादुर रेग्मी, मैना वि.क, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, प्रदेश क कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

सम्मेलन नगर कार्य समितिका सभापति हस्त पुनको सभापतित्वमा सम्पन्न भएको हो। 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।