काँग्रेसकाे निर्वाचन अभियान सफल पार्न सुर्खेत १(क)मा रेग्मीलाई जिम्मेवारी

पढ्नै पर्ने

सुर्खेत। नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिले आसन्न निर्वाचनका लागि प्रदेश समिति सदस्य चित्र बहादुर रेग्मीलाई सुर्खेत १ (क) का लागि प्रतिनिधि ताेकेकाे छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सफल बनाउन रेग्मीलाई सुर्खेत १ (क) का लागि प्रतिनिधि ताेकिएकाे हाे।

रेग्मीले काँग्रेसकाे निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सफल बनाउन काँग्रेस केन्द्रीय समितिबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि र जिल्ला कार्यसमितिसँग समन्वय गर्ने गरि काम गर्नुपर्ने काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर राेकायाले बताए।

सुर्खेत १ क मा निर्वाचन अभियान सफल बनाउन प्रतिनिधि ताेकिएका रेग्मी काँग्रेसकाे कर्णाली प्रदेश कार्यसमिति सदस्य र वाैद्धिक तथा पेशागत विभागका प्रमुख समेत हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।