Sunday, December 8, 2024
spot_img

नेपालका ५० प्रभावशाली महिलाको सूचीमा राप्रपा सांसद घिमिरे

सुर्खेत। राप्रपाबाट बागमती प्रदेश सभा सदस्य रहेकी लक्ष्मी घिमिरे नेपालका ५० प्रभावशाली महिलाहरुको सूचीमा परेकी छन्। अनलाइन खबर डटकमले मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भमा शुक्रवार सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा घिमिरे पनि परेकी हुन्।

रामेछाप स्थायी ठेगाना भएकी घिमिरे राप्रपाका तर्फबाट बागमती प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित भएकी सांसद हुन्। शारीरिक अपांगता भएकी घिमिरेले प्रदेश सभामा अपांगता भएका व्यक्तिहरुको हकहित, महिलाका मुद्दा र समसामयिक विषयमा आवाज उठाउँदै आएकी छन्।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘५०  प्रभावशाली महिला’ छनौटको उद्देश्य रहेको अनलाइन खबरले जनाएको छ।

५० प्रभावशाली महिला छनोटका लागि अनलाइन खबर डटकमले विभिन्न मापदण्ड बनाएको थियो। यो सूचीमा राजनीति, समाज, कला र साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलाहरू परेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!