Monday, December 9, 2024
spot_img

गुर्भाकोटका दुई चेली नेपालका ५० प्रभावशाली महिलाको सूचीमा 

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल र गुर्भाकोट नगरपालिका स्थायी ठेगाना भएकी शर्मिला बिसी नेपालका ५० प्रभावशाली महिलाहरुको सूचीमा परेकी छन्। अनलाइन खबर डटकमले मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भमा शुक्रवार सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा नगरप्रमुख ढकाल र मनोविमर्शकर्ता बिसी पनि परेकी हुन्।

अनलाइन खबर डटकमको ५० प्रभावशाली महिलाको सूचीमा परेका ढकाल र बिसी दुवैजना गुर्भाकोट नगरपालिकाका चेली हुन। वीरेन्द्र नगर नगरपालिकाकी प्रमुख ढकाल हाल गुर्भाकोट २ मा पर्ने मालारानीमा वैवाहिक सम्बन्ध गाँसेर आएकी (यद्यपि उनकाे परिवार अहिले वीरेन्द्रनगरका स्थायीबासी हुन्) हुन् भने मनोविमर्शकर्ता बिसी गुर्भाकोट ७ मा जन्मे हुर्केकी हुन्।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘५०  प्रभावशाली महिला’ छनौटको उद्देश्य रहेको अनलाइन खबरले जनाएको छ।

५० प्रभावशाली महिला छनोटका लागि अनलाइन खबर डटकमले विभिन्न मापदण्ड बनाइएको थियो। यो सूचीमा राजनीति, समाज, कला र साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलाहरू परेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!