मेहेलकुनामा इलाका प्रहरी कार्यालय बन्ने प्रक्रिया सुरु, प्रहरी निरीक्षक रोकायाले सम्हाले कमान्ड

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा इलाका प्रहरी कार्यालय बन्ने प्रक्रिया सुरु भएको छ। इलाका प्रहरी कार्यालय स्थापनाको प्रक्रिया सुरु भएसँगै प्रहरी निरीक्षक सुरज रोकायाले मेहेलकुना प्रहरी चौकीको कमान्ड सम्हालेका छन्।

यसअघि बरिष्ठ प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मेहेलकुना प्रहरी चौकीको नेतृत्व गरेका थिए। प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गर्ने प्रक्रिया स्वरुप जिल्ला प्रहरी कार्यालय सुर्खेतले मेहेलकुना प्रहरी चौकीको नेतृत्व गर्न प्रहरी निरीक्षक रोकायालाई पठाएको हो।

भर्खरै मात्र ड्युटी सम्हालेका प्रहरी निरीक्षक रोकायाले आफू कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका छन्। सोमवार प्रहरी चौकी मेहेलकुनामा आयोजित परिचयात्मक कार्यक्रममा रोकायाले शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउ धनको रक्षाका लागि प्रहरी चौबीसै घण्टा खटिने भएपनि स्थानीयवासीको सहयोग अपरिहार्य रहेको बताए।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन लगायत वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले गुर्भाकोटमा प्रहरीले खेल्नु पर्ने भूमिकाका विषयमा सुझाव दिएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!