Tuesday, January 21, 2025
spot_img

मेहेलकुनामा बृहत् आँखा उपचार शिविर सम्पन्न

सुर्खेत। गुर्भाकोट नगरपालिकाको मेहेलकुनास्थित सामुदायिक आँखा उपचार केन्द्रमा बृहत् आँखा उपचार शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ र सुर्खेत आँखा अस्पतालको संयुक्त प्राविधिक सहयोगमा शनिवार शिविर सम्पन्न भएको हो।

शिविरमा १ सय ५३ जना बिरामीहरूले सेवा लिएको नेपाल नेत्रज्योति संघ सुर्खेतका प्रकाश भट्टले जानकारी दिनु भयो। चेकजाँच गरेका मध्ये ६० जना बिरामीहरूको आँखा शल्यक्रिया गर्नुपर्ने भएको र ती बिरामीहरूको निशुल्क शल्यक्रिया गरिने भट्टको भनाई छ।

शिविरमा जलविन्दुका ३ जना डाइबेटिक रेटिनोप्याथीका ५ जना, हाइपरटेन्सिभ रेटिनोप्याथी ३ जना बिरामी पत्ता लागेको छ भने १० जना बिरामीहरूलाई चश्मा वितरण गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उपचार शिविरका लागि नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम, सुर्खेत र सिविएम संस्थाले आर्थिक सहयोग गरेका थिए।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!