Monday, January 20, 2025
spot_img

मेहेलकुनामा बृहत् आँखा उपचार शिविर बस्ने

सुर्खेत। गुर्भाकोट—८ को मेहेलकुनामा बृहत आँखा उपचार शिविर बस्ने भएको छ। सामुदायिक आँखा उपचार केन्द्र  ( सर्जिकल सेन्टर ) मेहेलकुनामा फागुन २० गते शनिबारका दिन १ दिने शिविर बस्ने भएको हो।

शिविर नेपाल नेत्रज्योति संघ, एकीकृत आँखा तथा कान उपचार कार्यक्रम सुर्खेतको आर्थिक र नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल वीरेन्द्रनगर र सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुनाको संयुक्त प्राविधिक सहयोगमा बस्न लागेको हो।

मधुमेह, उच्च रक्तचाप भएका बिरामीहरू, दृष्टि कम भएका तथा आँखामा समस्या भएका सम्पूर्ण आँखाका सेवाग्राहीहरूलाई शिविरको लाभ उठाउन शिविरको आयोजक संस्था सामुदायिक आँखा उपचार केन्द्र ( सर्जिकल सेन्टर ) मेहेलकुनाले अनुरोध गरेको छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!