टिप्पणी: गुर्भाकाेटका नगर सभा/अधिवेशनमा किन बाेल्दैनन् महिला सदस्यहरु?

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकाेट नगरपालिकाले देश संघीय संरचनामा गए यता चाैधवटा नगर अधिवेशन गरिसकेकाे छ। स्थानीय तहका सभा सदस्यहरुले एक आर्थिक वर्षमा बजेट अधिवेशन र हिउँदे अधिवेशन गरि दुईओटा अधिवेशनमा भाग लिन पाउँछन्। नगर अधिवेशन स्थानीय तहकाे सर्वाेच्च अंग हाे तर यस्ता अधिवेशनमा महिला सदस्यहरुले सक्रियतापूर्वक भाग लिएकाे पाइदैन।

गुर्भाकाेट नगरपालिकामा १ उपप्रमुख, १४ वटा वडाका १४ जना महिला सदस्य, १४ वटै वडाका १४ जना दलित महिला सदस्य र ७ जना कार्यपालिका सदस्य गरि ३६ जना महिला नेतृहरु छन्।

बजेट निर्माणमा सक्रिय हुनुपर्ने भएका कारण उपप्रमुखकाे स्वाभाविक सक्रियता हुने भएता पनि कार्यपालिका सदस्य र महिला वडा सदस्यहरुले आफ्ना विचार राख्ने सर्वाेच्च थलाे नगर सभामा भने गज्जबकाे माैनता साँध्ने गरेका छन्।

आफ्नाे महत्वपूर्ण भूमिका हुने नगर सभामा उठेका विषयमा किन माैनता साँध्नुहुन्छ? भनेर हामीले गुर्भाकाेट ८ कि वडा सदस्य इन्द्रा वि.क.लाई साेध्दा- आफूहरुकाे बाेल्ने बानी नभएका कारण नबाेली बस्ने गरेकाे बताईन। यही प्रश्न हामीले गुर्भाकाेट ८ कै अर्की महिला वडा सदस्य बिमला बुढालाई साेध्दा आफूहरुलाई नेतृत्व विकास र बाेल्ने कला बारे प्रशिक्षण नदिएसम्म बाेल्न नसक्ने धारणा राखिन।

गुर्भाकाेट ८ का महिला वडा सदस्यहरु जस्तै मिल्दाेजुल्दाे धारणा कार्यपालिका सदस्य वर्षा बुढाकाे पनि छ; वर्षा भन्छिन- बाेल्ने नसक्ने त हाेइन तर के बाेल्ने बाेल्ने भन्ने हुन्छ। कसैले कुन विषयमा कसरी बाेल्ने भनेर गाइड गरे त बाेल्न सकिन्छ हाेला।

२०७४ सालदेखि २०८० सम्मका नगर सभा/अधिवेशनहरुमा के महिला सदस्यहरु बाेलेकाे रेकर्ड नै छैन त?
सुरुवाती दिनहरुदेखि नगर सभामा सहभागी हुँदै आएका पालिकाका कम्युटर अपरेटर दिपक शर्माले अघिल्लाे कार्यकालमा सभा सदस्य हरिमाया कामीले १/२ वटा सभामा बाेलेकाे स्मरण गरे। त्यसाे त हरिमाया याे कार्यकालमा पनि सभा सदस्य छन् तर पछिल्ला सभाहरुमा उनले बाेलेकाे समेत सुनिएकाे छैन।

संवैधानिक रुपले आरक्षित गर्दै महिलालाई नेतृत्वमा ल्याउने सुमार्ग त तयार भयाे र नेतृत्व विकासमा खास ध्यान नदिदा उनीहरुले क्षमता विकास गर्न सकेका छैनन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

error: Content is protected !!