Sunday, May 5, 2024
spot_img

बालविवाह न्यूनिकरणका लागि गुर्भाकोट–४ को प्रतिवद्धता

सुर्खेत। बालविवाह न्यूनीकरणका लागि गुर्भाकोट नगरपालिकाको वडा नं. ४ ले प्रतिवद्धता जनाएको छ। जनसेवा मा.वि.मा बिहीवार आयोजित बालविवाह रोकथाम तथा न्यूनीकरण सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रियामा गुर्भाकोट ४ ले बालविवाह रोक्ने प्रतिवद्धता जनाएको हो।

अन्तरक्रियामा सहभागि अभिभावक तथा सरोकारवालाहरुले बालविवाह र यसका असरहरूबारे आ–आफ्नो विचार राखेका थिए। सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि प्रतिवद्ध रहेको हस्ताक्षर समेत गरेका छन्।

अन्तरक्रिया कार्यक्रममा बालविवाहले निम्त्याउने जोखिम र कानूनी व्यवस्थाबारे समेत सचेतना दिइएको थियो। कार्यक्रममा स्वतन्त्र प्रशिक्षक उमाशंकर आचार्यले सहभागीहरूलाई बालविवाह बारेको सामाजिक, भावनात्मक र कानूनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए।

गुर्भाकोट ४ का वडाअध्यक्ष रामबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नगर स्तरीय वि.व्य.स. महासँघ गुर्भाकोटका अध्यक्ष किरण वली, वडा सदस्यहरु ज्ञानबहादुर डाँगी, मिना वि.क., विद्यालयका प्रअ तथा शिक्षकहरु, बालक्लबका किशोर किशोरीहरु, प्रहरी र अभिभावकहरुको उपस्थिति थियो।

कार्यक्रम गुर्भाकोट नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा सम्पन्न गरिएको हो।

वि.सं. २०८३ सालसम्म बालविवाहमुक्त पालिका बनाउने अभियान चलाएको गुर्भाकोट नगरपालिकामा बालविवाहको दर निकै उच्च छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
- Advertisement -

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!