चितवन प्रिमियर लिग अर्को वर्षको मङ्सिरमा हुने

पढ्नै पर्ने

भरतपुर। दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ। सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महीनामा भएको थियो । यसपटक विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केही ढिलाइ हुन पुगेको हो ।

सिपिएलका संस्थापक तथा प्रबन्ध निर्देशक राजु चौधरीका अनुसार यसपटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा सञ्चालन भएको थियो। दोस्रो संस्करणलाई अझै व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए।

पहिलो संस्करणमा प्रत्येक टिममा तीन राष्ट्रिय खेलाडी अनिवार्य गरिएको थियो । आउने संस्करणमा राष्ट्रिय खेलाडीको सङ्ख्या बढाउने योजनामा आयोजक रहेको छ । चितवन क्रिकेट सङ्घको सहकार्यमा नारायणी एड्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा हुने यस प्रतियोगितामा पाँच वटा टोली रहेका छन् । यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्ती ¥यापिड्सले उचालेको थियो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

- Advertisement -

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।