टोखामा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना

पढ्नै पर्ने

काठमान्डौं। टोखा नगरपालिका–९ गोँगबुस्थित जागरण टोलमा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना गरिएको छ । टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त केन्द्रको बुधबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे।

कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिए। नगरपालिकाले चाँडै नै प्रदेश अस्पतालसमेत सञ्चालनमा ल्याउने उनको भनाइ थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाका प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीतिअनुसार टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिए। टोखाले आगामी दिनमा सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उनको भनाइ छ ।

टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएसँगै गोँगबु नयाँ बसपार्क क्षेत्रका ५० हजार जनता प्राथमिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जानकारी दिए। बुधबारदेखि शुरु भएको आधारभूत स्वास्थ्य केन्द्रमा सुगर, ब्लड प्रेसर जाँच, बच्चालाई खोप, महिलालाई प्रसूतिसम्बन्धी जाँच गरिने अध्यक्ष नेपालले बताए। उक्त केन्द्रमा अहेवसहित तीन कर्मचारी कार्यरत छन् । टोखा–२ मा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा निर्माण गर्नका लागि वाग्मती प्रदेशसमेतले स्वीकृति दिइसकेको छ । टोखामा निजी क्षेत्रमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ग्रिनसिटी अस्पताल, अल नेपाल अस्पताल र विनायक अस्पताल सञ्चालनमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

- Advertisement -

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।