अन्तरशहर चेस प्रतियोगिताको उद्घाटन

पढ्नै पर्ने

मकवानपुर। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्ला बुद्धिचाल सङ्घ र चेस सङ्घ हेटौँडाको संयुक्त आयोजनामा हेटौँडा उपमहानगरपालिका राष्ट्रव्यापी अन्तर शहर चेस प्रतियोगिताको बुधवार उद्घाटन गरेका छन्।

लिग चरणमा खेलाइने उक्त चेस प्रतियोगितामा ललितपुरका तीन, दोलखा, झापा, इलाम, काठमाडौँ, भक्तपुर, कैलाली, स्याङ्जा, कास्की, नुवाकोट, चितवन, बाँके, पर्सा र मकवानपुरका टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि प्रत्येक टोलीमा चार जना नियमित खेलाडी तथा एक वैकल्पिक खेलाडी र एक व्यवस्थापक गरी छ जनाको सहभागिता रहनेछ । सोमध्ये १६ वर्ष मुनिका एक र एक महिला खेलाडी अनिवार्य गरिएको छ ।

उक्त प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो स्थान हुनेले रु ५० हजार तथा चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु ३० हजार, रु २० हजार प्राप्त गर्ने नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठले बताए।

चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा वाग्मतीसहित विभिन्न प्रदेशका १८ टोलीका करीब ७० खेलाडीको सहभागिता रहेको वाग्मती प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष ज्ञानराज प्रजापतिले जानकारी दिए। समारोहलाई मुख्यमन्त्री पौडेलले खेलकूद क्षेत्रको समष्टिगत पूर्वाधार विकासका लागि प्रदेश सरकारले आगामी आव २०७८÷७९ को नीति कार्यक्रममा बजेट तर्जुमा गर्ने विश्वास व्यक्त गर्दै देशको प्रतिष्ठालाई उच्च तुल्याउन खेलाडीलाई देशभक्तिको भावना अगाडि बढाउन आग्रह गरे। उनले खेलाडीलाई आर्थिकरुपले आत्मनिर्भर तुल्याउने कार्यका लागि छुट्टै कार्यक्रम ल्याइने प्रतिवद्धता व्यक्त गरे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

- Advertisement -

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।