नाकाबन्दले घरमै थन्कियो गलैंचा

पढ्नै पर्ने

फुङ्लिङ। ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा उत्पादित गलैँचा १६ महीनादेखि नाकाबन्दले गर्दा बिक्री भएको छैन । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचाको प्रमुख बजार चीनका विभिन्न बजारमा खपत हुँदै आएकोे छ । सो क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछन।

समुन्द्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका समुदायले पशु र गलैँचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन्।

हिमाली बस्ती ओलाङचुङ्गोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको पुख्र्यौली पेशमाका रुपमा प्रत्येक घर परिवारमा गलैँचा बुन्ने काम गर्दै आएको फक्ताङलुङ –६ टाँसी तेञ्जीङ शेर्पाले जानकारी दिए।

लामो समयसम्म ओलाङचुङ्गोलाको टिप्ताला नाकाबन्द खुल्न सकेको छैन। नाकाबन्द हुँदा १६ महीनादेखि उत्पादन गरेको गलैँचा घरमै थन्क्याएर राख्नुपरेको स्थानीयवासी तेञ्जिङ वालुङले बताए।

वालुङले भने, “लामो समयसम्म पनि नाका खुल्न सकेन । घरमा उत्पादन गरेको गलैँचा सदरमुका फुङ्लिङ बजारमा लगिएर बिक्री ग¥र्यो भने, आफूले परिश्रम गरेको र लागत पनि उठान मुस्किल पर्दछ ।” लकडाउनका समयमा बुनेको ५० थान गलैँचा घरमै थन्काएर राखेको लामा भुजुङ शेर्पाले जानकारी दिए। एउटा गलैँचाको मूल्य १५ हजारदेखि २७ हजारसम्ममा चीनमा बिक्री हुने उनले बताए। सरदर हिसाब गर्ने हो भने रु. नौ लाख ५० हजार बराबरको गलैँचा घरमै थन्क्याइएको छ।

नाकाबन्दले सीमा गलैँचा बिक्री हुन नसकेर ओलाङचुङ्गोलामा प्रत्येक घरमा ३० थानको हाराहारीमा गलैंचा घरमा थन्काएर राख्न बाध्यता भएको फक्ताङलुङ – ७ का वडाध्यक्ष छेतेन भोटेले बताए। उनले भने, “ओलाङचुङ्गोला गोलाका प्रमुख आयस्रोत गलैँचा हो । त्यही गलैँचा १६ महीनादेखि नाकाबन्दले घरमै थन्क्याएर बस्नुपरेको छ ।” आफूले उत्पादन गरेको गलैँचा बिक्री हुन नसकेपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएको भोटेको भनाई छ।

आलाङचुङ्गोलाको टिप्ताला नाका हुँदै निर्यात हुने नेपाली उत्पादनमा एक ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचा पनि एक भएको व्यापारी तावा च्युङदाक शेर्पाले बताए। लामो समयसम्म पनि नाका खोल्ने दुईतर्फ सम्झौता भएको छैन । सरकारको निर्णयानुसार गृह मन्त्रलयले गत हप्ता जिल्ला प्रशासन कार्यालयमा नाकामा आवतजावत गर्न स्थानीयवासीलाई दिनु भनिए परिपत्र भएको छ । सीमा सुरक्षा प्रहरी चौकीदेखि पास लिएर आवतजावत गर्न पाउँने जनाइएको छ ।

गृह मन्त्रालयले नाकाका विषयमा परिपत्र भए पनि एकपक्षले मात्र निर्णय गरेर नहुने फक्ताङ्लुङ गाउँपालिका प्रवक्ता छेतेन लामाले बताए। सिमा तथा नाका जस्तो सम्वेदनशील क्षेत्रमा दुई देशको निर्णयमा मात्र सम्भव हुने उनको भनाई छ। आवश्यक परेमा खाद्य सामग्री चीनले ल्याएर सीमा क्षेत्र छोडी दिनसक्ने चीनका अधिकारीले बताएको उनले जानकारी दिए।

नेपालको उत्पादन भएको वस्तु भने चीन निर्यात नहुने जनाइएको छ। नेपालको सामग्री निर्यात नहुने भएपछि ओलाङचुङ्गोलाको गलैँचा घरमै थन्क्याएर राख्नुपर्ने टुङ्गो नएको स्थानीवासी बताउँछन् । नेपालकोतर्फबाट नाकाको खुल्ने भए पनि चीनतर्फबाट तत्काल नाका नखुलाउने सङ्केत दिएको लामाले बताए। अझ लामो समयसम्म नाका खुल्न सकेन भने ओलाङचुगोललगायत हिमाली बस्तीमा खाद्य सामग्रीको अभाव हुने लामाले बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!