Monday, December 9, 2024
spot_img

माओवादी आन्दोनलले स्थापित गरेको मान्यतालाई निस्तेज पार्ने षड्यन्त्र भयोः प्रचण्ड

काठमाण्डौं। नेकपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले आफ्ना लागि बनाएको संविधानमाथि पछिल्ला दिनमा भएका प्रहारप्रति चिन्ता व्यक्त गरेका छन्। ५६औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवसका अवसर आयोजित कार्यक्रममा उनले माओवादी आन्दोनलले स्थापित गरेको समावेशी, समानुपातिक मान्यतालाई कसरी निस्तेज गर्न सकिन्छ भनेर देशभित्र र बाहिर अनेकन खालका षड्यन्त्र भइरहेको बताए।

प्रचण्डले समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई खारेज गराउने प्रयास भइरहेको भन्दै गणतन्त्र, सङ्घीयता विरोधी तत्वले टाउको उठाउने प्रयास गरिरहेको दाबी गरे।

दलित, जनजाती, आदिवासी, महिलालगायत उत्पीडित समूहले प्राप्त गरेको अधिकारलाई समेत खण्डित गराउन खोजिएको भन्दै दाहालले त्यसविरुद्ध एकीकृत रुपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिए। यतिखेर नेपालमा संविधानको रक्षा गर्न चाहने धारा र त्यसलाई खण्डित गर्दै जाने दुई वटा धार स्पष्ट भएको उल्लेख गर्दै उनले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्नेले आफूलाई स्पष्ट रुपमा उभ्याउने विश्वास व्यक्त गरे।

नेपालको कम्युनिष्ट आन्दोलनलाई थप बृहत बनाउन र नेपाली जनताको चाहनाअनुसार राजनीतिक स्थायित्वका आफूले नेकपा बनाएको र त्यो कुनै गल्ती नभएको उल्लेख गरे। पार्टीभित्र गलत प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गरेर उत्पिडित वर्ग तथा समुदायको पक्षमा उभिएको दाहालको भनाइ छ। जनताको अधिकारका लागि आफूले कोही कसैसँग सम्झौता नगरेको, बरु इमान्दारीपूर्वक सङ्घर्षको मैदानमा उत्रिएको तथा जीवनभर सङ्घर्ष गर्ने दृढता प्रस्तुत गरे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!