Tuesday, January 21, 2025
spot_img

मेरो देश

– सि.बि. रेग्मी


प्रकृतीको चमत्कार अनौठो छ कहाँ कहाँ?
रचना छन नौला नौला घुम्न जान्छु जहाँ जहाँ।
रनका ददाउ नैनीताल भारत गई हेरें,
जन्मभूमी नेपालमा चार ताल देखें।
फेवा बेगनास पोखरामा, सल्यान कुभिण्डे दह,
सबै भन्दा ठुलो देखें मुगु रारा दह।
धर्मालम्बी नानाथरी पूजा गर्ने स्थल,
नदीनाला झरनाहरु बगिरहन्छन कलकल।
उत्तरचूली हिमालले संसार झल्ल पार्छन,
जडिबुटी रस पिलाई रोग सञ्चो पार्छन।
छैन कतै मरुभूमी अन्य मुलुक कस्तो?
हरियाली वनपाखा फूलबारी जस्तो।
उर्वर भूमी तराई पहाड हिमाल जलभण्डार,
हेर्दा मेरै देश राम्रो प्रकृतीको अपार।
किन मैले सकिन यो नेपाल चिनाउन,
आफै गीत रचिकन नसकेको गाउन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!