‘चपली हाइट ३’ को गीतमा स्वस्तिमाको बोल्ड अवतार (भिडियो सहित)

पढ्नै पर्ने

काठमाडौं। चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ मा समावेश एउटा गीतमा नायिका स्वस्तिमा खड्का बोल्ड अवतारमा देखिएकी छन्। ‘चार आनाको मसला’ बोलको गीत सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो।

गीतमा राज लिम्बु र अस्मिता अधिकारीले स्वर दिएका छन्। यस्तै गीतमा डिपी खनालको शब्द रचना र सुवास भुसालको सङ्गीत रहेको छ।

प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ।
निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।