चार किलो चरेशसहित एक महिला पक्राउ

पढ्नै पर्ने

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चार किलो लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ।

गत फागुन २९ गते बिहान पौने ११ बजेतिर इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त सुरक्षा टोलीले कपिलवस्तुको कृष्णनगर बसपार्कबाट महिलालाई पक्राउ गरेको हो।

कृष्णनगर नगरपालिका वडा नं. २ स्थित बसपार्कबाट भारततर्फ पैदल जाँदै गरेकी  रोल्पा परिवर्तित गाउँपालिका वडा नं. २ राङ्सी बस्ने ३४ वर्षकी पूर्णिमा घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो।

पैदल भारततर्फ  जाँदै गरेकी उनलाई खानतलासी गर्दा सुरूवालभित्र प्लास्टिक र निक्यापमा लुकाइछिपाइ लैजाँदै गरेको ८ प्याकेट चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उक्त चरेश तौल गर्दा ४ किलोग्राम रहेको अधिकारीले बताए।

प्रहरीले बरामद गरिएको चरेश र पक्राउ परेकी घर्ती मगरमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

उनलाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।