सुर्खेत। गुर्भाकोट नगरपालिकामा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गुर्भाकोट नगरपालिकाको दहचौर स्वास्थ्य चौकीमा शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
आयुर्वेदिक चिकित्सा पद्धतिद्वारा स्वास्थ्य चेकजाँच गर्न शिविरको आयोजना गरिएको आयोजक प्रदेश आयुर्वेद औषधालय सुर्खेतले जनाएको छ।
शिविर सञ्चालन गर्न गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरेको शाखा प्रमुख महेश कुमार पुरीले बताए। पुरीका अनुसार शिविरमा स्वास्थ्य जाँच गरि औषधि खानुपर्ने भएमा औषधि समेत निशुल्क उपलब्ध हुनेछ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।