सुर्खेत। गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्रीको सरुवा भएको छ। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत भदौ १८ को निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत काम गर्ने गरि खत्रीको सरुवा गरेको हो।
उपसचिव भएपछि पहिलो पोस्टिङ भएर प्रमुख प्रशासकीय अधिकृत पदमा गुर्भाकोट नगरपालिका आएका खत्रीले १५ महिना गुर्भाकोट नगरपालिकाको प्रशासकीय कमाण्ड सम्हाले। खत्रीलाई निजामति सेवा ऐनको दफा १८ को उपदफा १ बमोजिम गृह मन्त्रालयमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले जनाएको छ।
खत्रीले अब कारागार प्रमुख (जेलर)को रुपमा गृह मन्त्रालय अन्तर्गत डिल्लीबजार कारागारको प्रशासकीय कमाण्ड सम्हाल्ने छन्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।