सुर्खेत। गुर्भाकोट नगरपालिकाको गत आर्थिक वर्षको सामाजिक परिक्षण सम्पन्न भएको छ। खैरेनी स्थित सिटी हलमा बिहीवार एक समारोहबीच सामाजिक परिक्षण सम्पन्न गरिएको हो।
कार्यक्रममा गत आर्थिक वर्षमा गुर्भाकोट नगरपालिकाले हासिल गरेका उपलब्धि र चुनौतीबारे प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले १ घण्टा लामो प्रस्तुतीकरण पेश गरेका थिए। खत्रीले पेश गरेको प्रस्तुतीका आधारमा कार्यक्रमका सहभागीले गुर्भाकोट नगरपालिकाको सेवा प्रवाह, सुशासन र पारदर्शिताका सम्बन्धमा प्रश्न राखेका थिए।
सहभागीहरुले राखेका प्रश्नको जवाफ प्रमुख प्रशासकीय अधिकृत खत्री र नगर प्रमुख हस्त पुनले जवाफ दिएका थिए। यसअघि उपप्रमुख मैना वि.कले कार्यक्रमका सहभागीहरूलाई स्वागत गरेकी थिइन्।
सामाजिक परिक्षण गुर्भाकोट नगरपालिकाको आयोजना र चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.को सहजिकरणमा सम्पन्न भएको हो। चिया मिडिया एण्ड टेक्नोलोजीका तर्फबाट सूर्यदीप रेग्मीले सहजीकरण गरेका थिए।