Tuesday, January 21, 2025
spot_img

गुर्भाकाेट ८ मा तीज विशेष कार्यक्रम सम्पन्न

सुर्खेत । गुर्भाकाेट नगरपालिका वडा नम्बर ८ ले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज नजिकिदै गर्दा आज तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गुर्भाकोट नगरपालिका ८ नम्बर विशेष कार्यक्रम सिटिहलमा र सम्पन्न भएको हो।
गुर्भाकाेट ८ ले याे वर्ष बालबिवाह न्यूनीकरण तथा किशोर किशोरी प्रजनन स्वास्थ्य विषयक बृहत् तिज विषेश कार्यक्रम तथा तिज गित प्रतियोगिता २०८१ गरेकाे हाे। कार्यक्रम वडा अध्यक्ष किरण बिकको अध्यक्षता, उपप्रमुख मैना बिकको प्रमुख आतिथ्यता एव प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्रीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्ष किरण कुमार बिकले कार्यक्रमको वारेमा जानकारी दिँदै स्वागत मन्तव्य राख्नु भएको थियो।

तिज विशेष कार्यक्रममा ९ वटा समुहले सहभागिता जनाएका थिए। सहभागी भएका नौ वटा समुहले प्राप्त गरेको अंकका आधारमा स्थान प्रदान गरि पुरस्कार प्रदान गरिएको थियो। जस अनुसार पाँच वटा समुहले (घारी मेहलकुना समूह ,दिपटोल समुह,सुन्दरनगर आमा समूह ,गंगटे टोल समुह,गुर्भाकोट उडान समूह र खटाङ्ग संरक्षण समूह) सान्तवना स्थान प्राप्त गरेको थिए भने विच टोल समूह तेस्रो,खटाङ्ग समूह दोस्रो र पवित्र बजार टोल समूह पहिलो भएका थिए।
सान्तवना हुने ६ वटा समूहलाई रु एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने तेस्रो हुने लाई ४ हजार,दोस्रो हुनेलाई ६ हजार र प्रथम हुनेलाई ८ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा २०० बढीको सहभागिता रहेको थियो।
यसपटकको तीज विशेष कार्यक्रम स्याक नेपाल र आवाज संस्थासँगको साझेदारीमा आयोजना गरिएको हाे। कार्यक्रमका लागि स्याक नेपालले ३० हजार, आवाज संस्थाले १२ हजार र बाँकी अपुग रकम वडाको विभिन्न दिवसीय कार्यक्रमका लागि विनियोजन गरिएको रकमबाट व्यहोरेकाे हाे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!