सुर्खेत। भदाै १५ गते मेहेलकुना बजार बन्द नहुने भएकाे छ। मेहेलकुना बजार व्यवस्थापन समितिकाे मंगलवार बसेकाे बैठकले भदाै १५ गते बजार बन्द नगर्ने निर्णय गरेकाे अध्यक्ष रमेश कुमार मल्लले जानकारी दिए।
यसअघि हरेक महिनाकाे १५ गते मेहेलकुना बजार बन्द हुँदै आएकाे थियाे। यसपटक भने भदाै २१ गते हरितालिका तीज पर्व परेकाे र तीजका अवसरमा सर्वसाधारणलाई आवश्यक सामाग्री किनमेल गर्न सहज हाेस भनी बजार खुल्ला रहने निर्णय गरिएकाे मल्लकाे भनाइ छ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।