सुर्खेत । गुर्भाकोट नगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पास भएको छ । नगरपालिकाका मेयर एवं नगर सभाका अध्यक्ष हस्त पुनले नगर सभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम सर्वसम्मत पास भएको हो ।
नगरपालिकाको १५ औं नगर सभाको पहिलो बैठक असार १० गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख मैना वि.क.ले, आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् । नगर सभाको दोश्रो बैठकमा भने उपप्रमुख मैना वि.क. अनुपस्थित थिइन।
नगरपालिकाले ९४ करोड ७ लाख २३ हजार ४ सय ५९ रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ५४ करोड ११ लाख ८९ हजार रुपैयाँ र पुँजीगततर्फ ३९ करोड ९५ लाख ३४ हजार ४ सय ५९ रुपैयाँ विनियोजन भएको छ ।
नीति कार्यक्रम तर्फ भने सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, शुसासन तथा सार्वजनिक सेवा प्रवाह र अन्तर सम्बन्धित क्षेत्र समेतलाई प्राथामिमता दिइने नगर सभाका सचिव एवं गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।