Sunday, December 8, 2024
spot_img

शैक्षिक गुणस्तरका लागि गुर्भाकोट नगरपालिका र ब्रिटिस काउन्सिलबीच साझेदारी

सुर्खेत। गुर्भाकोट नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि ब्रिटिस काउन्सिलले साझेदारी गरेको छ। शैक्षिक सुधारका लागि आइतवार सरोकारवालाहरुको पालिकाको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ब्रिटिस काउन्सिलका कार्यक्रम प्रमुख भोगेन्द्र लामिछानेले गुर्भाकोटको शैक्षिक अवस्थाबारे प्राराम्भिक अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए। लामिछानेले गुणस्तरीय शिक्षा, गुणस्तरीय विद्यालय भन्ने नाराका साथ गुर्भाकोट नगरपालिकाको शैक्षिक गुणस्तर सुधार्न ३ वर्षसम्म ब्रिटिस काउन्सिलले साझेदारी गर्ने बताए।

अन्तरक्रियामा गुर्भाकोट नगरपालिकाका प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले गुर्भाकोटको शैक्षिक सुधारका लागि ब्रिटिस काउन्सिलले शिक्षकहरुलाई आवश्यक तालिम लगायत रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले शैक्षिक गुणस्तरका लागि आवश्यक तालिम र श्रोत सामाग्री लगायतको सहयोग ब्रिटिस काउन्सिलबाट प्राप्त हुने भएता पनि यहाँको शैक्षिक स्तर उठाउन सबै जिम्मेवार बन्नु पर्ने धारणा राखे।

कार्यक्रममा विभिन्न विचालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, सञ्चारकर्मी, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम वि.क.ले जानकारी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!