Sunday, July 21, 2024
spot_img

पाेषणमैत्री स्थानीय तह सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न

सुर्खेत। गुर्भाकाेट नगरपालिकामा पाेषणमैत्री स्थानीय तह सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। गुर्भाकाेट नगरपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे हाे।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले पाेषणमैत्री स्थानीय तहका लागि चालू आर्थिक वर्षमा स्वास्थ्य शाखाले गरेका कामहरुबारे जानकारी दिएका थिए।

अन्तरक्रियामा गुर्भाकाेट नगरपालिका भित्र क्रियाशील सञ्चारकर्मीहरुले पाेषणमैत्री स्थानीय तहका लागि बहुक्षेत्रिय पाेषणबारे चासाे राखेका थिए।

गुर्भाकाेट नगरपालिकाले वि.सं २०८५ सालभित्र पाेषणमैत्री पालिका बनाउने लक्ष्य लिएकाे छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!