Wednesday, February 19, 2025
spot_img

शुभाघाट शहरी खानेपानीमा भ्रष्टाचार छः एमाले नेता विष्ट (भिडियो सहित)

सुर्खेत। नेकपा एमालेका केन्द्रीय सदस्य ठम्मर विष्टले शुभाघाट शहरी खानेपानीमा भ्रष्टाचार भएको दाबी गरेका छन्। नेकपा एमाले गुर्भाकोट नगर कमिटीको दोश्रो अधिवेशनलाई मङ्गलवार मेहेलकुनामा उद्घाटन गर्दै नेता विष्टले एमाले भ्रष्टाचारको साक्षी बन्न नहुने बताए।

भिडियो हेर्नुहोस्।

खानेपानीमा भएको भ्रष्टाचार र अनियमितता फेसबुक लगायतका सामाजिक सञ्जालमा आउने गरेको बताउँदै विष्टले नेपालमा सर्वाधिक महङ्गो पानीको महशुल तिर्ने गुर्भाकोट मात्रै भएको जिकिर गरे। उनले शुभाघाट शहरी खानेपानी समितिमा रहेका आफ्नै पार्टीका नेता कार्यकर्ता पनि खानेपानीको भ्रमणका नाममा  गुर्भाकोटका जनताको खुन पसिना धुल्याउन उद्धत भएको कटाक्ष गरे।

शुभाघाट शहरी खानेपानीको नेतृत्वका लागि हुने चुनावमा एमालेलाई हार्ने छुट नभएको पनि नेता विष्टले बताए। शुभाघाट शहरी खानेपानीको पहिलो चुनावी साधारण सभा यही जेठ १५ गतेका लागि बोलाइएको छ।

एमाले अधिवेशन नयाँ नगर कमिटी चयन गर्दै बुधवार सम्पन्न हुनेछ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!