Wednesday, May 22, 2024
spot_img

मेहेलकुना मालपोतका हाकिमको सरुवा

सुर्खेत। मालपोत कार्यालय मेहेलकुनाका मालपोत अधिकृत विष्णु प्रसाद शर्माको सरुवा भएको छ। शर्माको प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेशमा सरुवा भएको हो।

मिजासिलो र गम्भिर स्वभावका अधिकृत शर्माको बुधवार मालपोत कार्यालय मेहेलकुनाका कर्मचारी, नापी कार्यालय मेहेलकुनाका कर्मचरी र केही भू–सेवा व्यवसायीहरुले अबिर र खादा ओढाएर बिदाई गरेका थिए। झण्डै ११ महिना मालपोत कार्यालय मेहेलकुनामा मालपोत अधिकृतको रुपमा काम गरेका शर्मा २०८० असार १० गते नापी कार्यालय सुर्खेतबाट सरुवा भई मालपोत अधिकृतको रुपमा मेहेलकुना आएका थिए।

शर्माको सरुवा भएपछि रिक्त रहेको मेहेलकुना मालपोत कार्यालयको मालपोत अधिकृत पदमा विभागबाट हालसम्म कसैलाई नपठाईएको हुँदा कार्यालयमा कार्यरत सिनियर नायव सुब्बा बिमल आचार्यले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने मेहेलकुना मालपोत कार्यालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!