Wednesday, May 22, 2024
spot_img

वि.सं. २०८३ सम्म बालविवाहमुक्त पालिका बनाउने अभियानमा गुर्भाकाेट नगरपालिका

सुर्खेत। बालविवाह न्यूनीकरणका लागि गुर्भाकोट नगरपालिकाको वडा नं. ६ ले प्रतिवद्धता जनाएको छ। नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बडाखाेलीमा बुधवार आयोजित बालविवाह रोकथाम तथा न्यूनीकरण सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रियामा गुर्भाकोट ६ ले बालविवाह रोक्ने प्रतिवद्धता जनाएको हो।

अन्तरक्रियामा सहभागि अभिभावक तथा सरोकारवालाहरुले बालविवाह र यसका असरहरूबारे आ–आफ्नो विचार राखेका थिए। सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि प्रतिवद्ध रहेको हस्ताक्षर समेत गरेका छन्।

अन्तरक्रिया कार्यक्रममा बालविवाहले निम्त्याउने जोखिम र कानूनी व्यवस्थाबारे समेत सचेतना दिइएको थियो। कार्यक्रममा स्वतन्त्र प्रशिक्षक उमाशंकर आचार्यले सहभागीहरूलाई बालविवाह बारेको सामाजिक, भावनात्मक र कानूनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए।

गुर्भाकोट ६ का वडाअध्यक्ष गाेबिन्द वलीकाे अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा गुर्भाकाेट नगरपालिका उपप्रमुख मैना वि.क., याेग प्रशिक्षक प्रेम गाैतम, गुर्भाकाेट ६ का सराेकारवालाहरु, बालक्लबका किशोर किशोरीहरु, प्रहरी र अभिभावकहरुको उपस्थिति थियो।

गुर्भाकोट नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमकाे सहजीकरण उक्त शाखाका कर्मचारी तुल्सी कुमारी बि.सीले गरेकी थिईन।
वि.सं. २०८३ सालसम्म बालविवाहमुक्त पालिका बनाउने अभियान चलाएको गुर्भाकोट नगरपालिकामा बालविवाहको दर निकै उच्च छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!