सुर्खेत। गुर्भाकोट नगरपालिकाले बैशाख २८ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ। चालु आर्थिक वर्षको चैत मसान्त सम्मको कार्य विवरण समेटेर सार्वजनिक गर्न लागिएको हो।
सुशासन, सेवा प्रवाह र पारदर्शितालाई आत्मसात गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए। यसअघि गत असोज ४ गते गुर्भाकोट नगरपालिकाले गत आर्थिक वर्षको सामाजिक परिक्षण तथा चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो।
तेश्रो पक्षले सामाजिक परिक्षण गर्नुपर्ने प्रचलन अनुसार गत आर्थिक वर्षको सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई सहजीकरण गर्न गुर्भाकोट नगरपालिकाले चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लिका सञ्चालक सञ्चार उद्यमी सूर्यदीप रेग्मीलाई सामाजिक परीक्षक तथा सार्वजनिक सुनुवाई सहजकर्ता तोकेको थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।