Wednesday, May 22, 2024
spot_img

चन्द्र स्मृति कप – २०८१ : खटाङ संरक्षण समिति र गुर्भाकोट १२ विजयी

सुर्खेत। गुर्भाकोटमा जारी चन्द्र स्मृति कप २०८१ अन्तर्गतको पुरुष फूटबल तर्फ भएका दुई खेलमा खटाङ संरक्षण समिति र गुर्भाकोट १२ विजयी भएका छन्। सूर्यज्योति मा.वि. मेहेलकुनाको फूटबल मैदानमा आइतबार भएको खेलमा खटाङ र गुर्भाकोट १२ विजयी भएका हुन।

प्रतियोगिता अन्तर्गतको पहिलो खेल खटाङ संरक्षण समिति र ईमी बहुउद्देश्यीय सहकारी संस्थाबीच भएको थियो। खेलको निर्धारित समयभर एकएक गोलको बराबरीमा रहेपछि ट्राइब्रेकरमा इमीलाई हराउँदै खटाङ संरक्षण समिति विजयी भएको हो।

यस्तै प्रतियोगिता अन्तर्गत समावेशी युवा क्लब भेरीगंगा र गुर्भाकोट १२ बीच भएको दोश्रो खेल पनि एकएक गोलको बराबरीमा गएपछि ट्राइब्रेकर मार्फत समावेशीलाई हराउँदै गुर्भाकोट १२ विजयी भएको हो।

प्रतियोगितामा  सोमवार लायन्स युवा क्लव र आयोजक (मेहेलकुना फूटबल क्लब) निलो, परिवर्तन युवा समाज र भेरीगंगा ९ त्यसैगरी गुर्भाकोट ६ र चन्द्रसूर्य क्लबबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक राजेन्द्र शर्माले बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!