काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् ।
गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान बनाएका थिए ।
विभाजित नेकपाको कतै पनि नलागेका गौतमले पार्टी एकता गराएरै छोड्ने उद्घोष सहित छुट्टै अभियान शुरु गरेका छन् ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।