Thursday, April 18, 2024
spot_img

क्षयरोग दिवसः गुर्भाकोटमा पोषण कोसेली वितरण

सुर्खेत। गुर्भाकोट नगरपालिका भित्रका क्षयरोगका बिरामीलाई पोषण कोसेली वितरण गरिएको छ। विश्व क्षयरोग दिवस २०२४ का अवसरमा गुर्भाकोट नगरपालिका भित्रका क्षयरोग बिरामीलाई आइतबार पोषण कोसेली वितरण गरिएको हो।

हो, हामी क्षयरोग अन्त्य गर्छौं भन्ने मूल नाराका साथ  यस वर्षको क्षयरोग दिवस बनाइएको गुर्भाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले बताए।

कार्यक्रममा पालिका स्तरीय क्षयरोग नियन्त्रण समन्वय समितिका संयोजक एवं नगर प्रमुख हस्त पुनले पालिकाको सम्पूर्ण ध्यान क्षयरोगमुक्त पालिका बनाउने लक्ष्य हासिल गर्न केन्द्रित भएको बताए।

सो अवसरमा पालिका भित्रका ५८ जना क्षयरोग बिरामीका लागि पोषण कोसेली प्याकेजमा रहेको २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ क्यारेट अण्डा वितरण गरिएको थियो।

कार्यक्रमलाई गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना वि.क. र कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग अधिकृत पदम केसीले सम्बोधन गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!