Thursday, April 18, 2024
spot_img

मैत्रीपूर्ण फूटबलमा मेहेलकुनाका लेखापढी व्यवसायीको शानदार जित

सुर्खेत। मैत्रीपूर्ण फूटबल खेलमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन मेहेलकुना इकाईले शानदार जित हात पारेको छ। शनिवार गुर्भाकोट ७ को गोकलपुर स्थित मिनी रङ्गशालामा मालपोत कार्यालय मेहेलकुना, नापी कार्यालय मेहेलकुना र नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन मेहेलकुना इकाईबीच त्रिपक्षीय मैत्रीपूर्ण फूटबल खेल सम्पन्न भएको थियो।

मैत्रीपूर्ण फूटबल अन्तर्गत भएको पहिलो खेलमा मालपोत कार्यालय मेहेलकुनालाई नापी कार्यालय मेहेलकुनाले शून्यका विरुद्ध चार गोल गरेको थियो भने दोश्रो खेलमा मालपोत कार्यालय मेहेलकुनालाई नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन मेहेलकुना इकाईले शून्यका विरुद्ध पाँच गोल गरेको थियो।

नापी कार्यालय मेहेलकुना र नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन मेहेलकुना इकाईबीच भएको फाइनल खेल भने निर्धारित समयभर कुनैपनि टोलीले गोल गर्न नसकेपछि पाँच मिनेट समय थप गरिएको थियो। थप समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउट मार्फत नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन मेहेलकुना इकाईको टोली विजेता बनेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!