Thursday, April 18, 2024
spot_img

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं। राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो ।  मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको हो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!