Thursday, April 18, 2024
spot_img

बराहताल गाउँपालिकाले विभिन्न कार्यक्रम सहित महिला दिवस मनाउने

सुर्खेत। बराहताल गाउँपालिकाले ५ विभिन्न कार्यक्रम सहित ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएको छ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले मङ्गलवार सूचना जारी गर्दै  ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरेको जानकारी दिए।

महिला दिवस मनाउनका लागि फागुन २४ गते बिहीवार बराहताल गाउँपालिकाको प्राङ्गणमा बिहान ११ बजे विभिन्न वडाहरुबाट र्याली आईपुग्नुपर्ने जारी सूचनामा उल्लेख छ।

कार्यक्रममा महिला हिंसा न्यूनीकरणमा परिवारको भूमिका  विषयक महिला बक्तृत्वकला प्रतियोगिता, सहर चिन्ने, म्युजिकल ह्याट, म्युजिकल चियर जस्ता विविध खेल, महिला अधिकार सम्बन्धी महिला लोकगीत प्रतियोगिता र खुला (एकल तथा सामुहिक) नृत्य प्रस्तुती रहने बराहताल गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!