Thursday, April 18, 2024
spot_img

दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइमकार्ड लागू

दाङ। घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ। घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको हो।

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले बढ्दो दुर्घटना जोखिमलाई मध्यनजर गर्दै पहिलो चरणमा घोराही–तुलसीपुर सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।

घोराहीदेखि नारायणपुरसम्म ३० मिनेट र नारायणपुरदेखि तुलसीपुरसम्म ४० मिनेटको समय निर्धारण गरिएको छ। यसका साथै नियमितरुपमा सवारी साधनको गति र मेकानिकल परीक्षण गरिने छ।

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै सडकलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने उद्देश्यले बिभिन्न सुधारका योजनाहरु लागू गर्न थालिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए।

वार्षिकरुपमा सवारी चालकहरुले स्वास्थ्य परीक्षण गरी कार्ड प्राप्त गर्ने र यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय यसअघि नै भएको छ। चालकलाई ट्राफिक प्रहरी, यातायात कार्यालय, यातायात व्यवसायी महासंघ र स्थानीय तहको समन्वयमा सुरक्षित सवारी सञ्चालन सम्बन्धी प्रशिक्षण दिने निर्णय भएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!