Monday, December 9, 2024
spot_img

गुर्भाकोट–१२ मा न्यायिक सचेतना सम्बन्धी १ दिने तालिम सम्पन्न

सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. १२ मा न्यायिक सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका मेलमिलापकर्ता, जनप्रतिनिधि, सामाजिक संघ संस्था र सरोकार निकायका प्रतिनिधिहरुको लागि वडा कार्यालयमा कानून तथा न्यायिक सचेतना विषयक १ दिने तालिम सम्पन्न गरिएको हो।

तालिममा संवैधानिक कानून, नेपालको संवैधानिक इतिहास र मुलुकी संहिता लगायतका विषयमा अधिवक्ता मङ्गलसेन सार्कीले प्रशिक्षण दिएका थिए। स्थानीय तहमा हुने न्यायिक समितिले गर्ने न्याय निरुपण र दायराका विषयमा गुर्भाकोट नगरपालिकाको न्यायिक समितिका सदस्य चितेन्द्र वि.क.ले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा गुर्भाकोट १२ का वडाअध्यक्ष तुल्सी प्रसाद शर्माले यस्ता तालिमले नयाँ कुरा सिकाउने र थाहा भएका कुराहरुको पुनर्ताजगी हुने भएकाले प्रभावकारी हुने धारणा राखे।

तालिम गुर्भाकोट नगरपालिकाको न्यायिक समितिको सहयोग, बिजी एफएम ९३.६ मेगाहर्ज भेरीगंगाको आयोजना तथा सक्सेस स्केल ट्रेनिङ सेन्टरको सहजीकरणमा सम्पन्न भएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!