सुर्खेत। गुर्भाकोट नगरपालिकाका १४ वटै वडामा दादुरा–रुबेला खोप लगाइने भएको छ। ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यही फागुन १३, १४ र १५ गते खोप लगाउन थालिएको हो।
दादुरा–रुबेला खोप अभियान २०८००८१ अन्तर्गत गुर्भाकोट नगरपालिकामा स्थानीय तह स्तरीय खोप समन्वय समितिका लागि बुधवार १ दिने अभिमुखीकरण सम्पन्न गरिएको छ। अभिमुखीकरण कार्यक्रममा गुर्भाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले दादुरा–रुबेला खोप अभियानलाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताए।
सरकारले सन २०२६ सम्म दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य अनुरुप देशव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।