Thursday, April 18, 2024
spot_img

सुर्खेतमा १२ वर्षीया बालिका बलात्कृत

सुर्खेत। जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको अरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बुढा रहेका छन्।

बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरूपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। भगवतीमाई गाउँपालिका–७ स्थायी वतन भएकी १२ वर्षीय बालिका परिवर्तित नाम थर ६२ दैलेख (क) ४४ विकास बुढाको घरमा बसोबास गर्दै आएकी थिइन्।

ती बालिकालाई २२ वर्षीय युवक विकासले यौन दुरुपयोग गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरि थप अनुसन्धान भइरहेको छ। उनलाई अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!