Tuesday, January 21, 2025
spot_img

१२ सय रुपैयाँले घट्याे सुनकाे भाउ

काठमाडौं।नेपाली बजारमा बुधबार एकैदिन सुनको भाउ प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ।  मंगलबार प्रतितोला ३०० रूपैयाँ घटेको सुनको भाउ आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेकोछ।

मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको थियो।मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!