रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

पढ्नै पर्ने

काठमाडौं। प्रमुख सत्तासाझेदार दल कांग्रेकका   महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् ।

आइतबार बसेको  राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व्यवहार भइरहेको जानकारी गराउँदै उनीहरुलाई स्वदेश फर्काउन सरकार चुकेको आरोप लगाएका हुन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी बैठकमा महामन्त्री शर्माले रुसी सेना छोडेको नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठाएको बताए ।

‘मस्कोबाट फर्कंदै गरेका नेपाली युवालाई रुसी सेनाले पक्राउ गरेको छ । रुसी सेना छोडेको नेपालीलाई नेपाली दूतावासले पठाउँदा समेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ ?उनले बैठकमा भने ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

error: Content is protected !!