Wednesday, May 22, 2024
spot_img

वडाध्यक्षविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो।

वडाध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

यही माघ ०३ गते नियन्त्रणमा लिइएका उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो। बादेसँग १५ लाख रुपैयाँ नै बराबरको बिगो माग गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!