Tuesday, January 21, 2025
spot_img

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

काठमाडौं। भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् ।

आज मन्त्रालय स्तरीय वैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख ब्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप राेजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

वैठकमा मन्त्री चाैधरी, मन्त्रालयका सचिव गाेकर्णमणि दुवाडी, नापी विभागका निर्देशक  प्रकाश जाेशी लगायतका कर्मचारीहरु उपस्थित थिए ।

वैठकमा मन्त्री चाैधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई राेजगारी दिने र गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् ।

सोमबार राति नवलपुर-मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका वागमती नगरपालिका-११, कर्मैयाका ४५  वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घिमिरे नापी कार्यालयको कार्यालय सहयोगी थिए ।
दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको छ ।

नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहित केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!