Monday, October 7, 2024
spot_img

गुर्भाकोटमा क्षयरोग सम्बन्धी अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

सुर्खेत। गुर्भाकोट नगरपालिकामा क्षयरोग सम्बन्धी अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। पालिकाको सभा हलमा शुक्रवार  पालिका स्तरीय क्षयरोग कोहर्ट विश्लेषण तथा अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको हो।

समीक्षा गोष्ठीमा गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले पछिल्लो ६ महिनामा क्षयरोग रोकथामका लागि हासिल गरेका उपलब्धिहरु र लक्ष्य हासिल गर्न नसकिएका कारणहरुको समीक्षा गर्दै गर्न नसकिएका कामहरु आगामी ६ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए।

गोष्ठीमा पालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो संस्थाले क्षयरोग नियन्त्रणमा गरेका कार्यहरूको प्रगति विवरण पेश गरेका स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिए।

गोष्ठी गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!