सुर्खेत। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८८ दशमलव २५ अङ्क सहित गुर्भाकोट नगरपालिका प्रथम भएको छ। जिल्ला समन्वय समिति सुर्खेतको आर्थिक वर्ष २०७८ ०७९ को स्वीकृत कार्यक्रम एवं संयोजनमा सुर्खेत जिल्लाका ९ वटै स्थानीय तहमा संस्थागत क्षमता मूल्यांकन र वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यक्रम लागु गरिएको थियो। वित्तीय सुशासन जोखिम मूल्यांकन तर्फ गुर्भाकोट नगरपालिकाले ६६ दशमलव ५ अङ्क हासिल गरेको छ।
जिल्लामा प्रथम स्थान हासिल गरेको गुर्भाकोट नगरपालिकालाई बुधवार जिल्ला समन्वय समिति सुर्खेतको सातौँ जिल्ला सभाको अवसरमा सम्मान गरिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले प्रथम स्थान ओगट्न सफल गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनलाई सम्मान सहित प्रशंसा पत्र हस्तान्तरण गरे।