Monday, December 9, 2024
spot_img

प्रविधिमैत्री गुर्भाकोट नगरपालिकाः शिक्षकको तलब मासिक रुपमा सिधै व्यक्तिगत बैंक खातामा

सुर्खेत। गुर्भाकोट नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभ्यास थालेको छ। गुर्भाकोट नगरपालिकाका शिक्षा अधिकृत पदम बहादुर वि.क.ले बिहीवार इएफटी ( इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) सम्बन्धी जानकारी सार्वजनिक गर्दै मंसिर महिनादेखि सोझै शिक्षक तथा विद्यालय कर्मचारीको व्यक्तिगत बैंक खातामा जाने गरि मासिक तलबभत्ता निकासा गरिएको जानकारी दिए।

गुर्भाकोट नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रविधिमैत्री डिजिटल पालिका बनाउने उद्घोष गरिएको थियो। उक्त उद्घोष बमोजिम चालु आर्थिक वर्षको साउन महिनादेखि नै पालिकाले विद्यालयको खातामा इलेक्ट्रोनिक फन्ड ट्रान्सफर मार्फत शिक्षक तथा विद्यालय कर्मचारीको तलब भत्ता निकासा गर्दै आएको थियो। विद्यालयको खातामा तलबभत्ता ट्रान्सफर गर्दा पनि शिक्षक तथा विद्यालय कर्मचारीहरुले मासिक रुपमा तलब भत्ता पाउने सुनिश्चितता नभएपछि पालिकाले सोझै शिक्षक तथा विद्यालय कर्मचारीको व्यक्तिगत खातामा मासिक रुपले तलबभत्ता ट्रान्सफर गर्ने निर्णय गरेको हो।

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै डिजिटल पालिका बनाउने योजना अनुरूप बिल भुक्तानी र सामाजिक सुरक्षा भत्ता यसअघि नै इलेक्ट्रोनिक फन्ड ट्रान्सफर मार्फत सोझै व्यक्तिको खातामा रकम जम्मा हुने व्यवस्था गरिएको  प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!