Sunday, July 21, 2024
spot_img

खैरेनी अतिक्रमण गरेर बनाइएका संरचना ७ दिन भित्र हटाउन गुर्भाकोट–८ का वडाध्यक्षको आग्रह

सुर्खेत। गुर्भाकोट–८ का वडाध्यक्ष किरण कुमार वि.क.ले ऐतिहासिक शुभाघाट मेला लाग्ने चौर अतिक्रमण गरेर बनाएका संरचना ७ दिन भित्र हटाउन आग्रह गरेका छन्। सरोकारवालाहरुका लागि बिहीवार सार्वजनिक सूचना जारी गर्दै वडाध्यक्ष वि.क.ले ७ दिनभित्र ती संरचना नहटाए नगरपालिकाको कार्यालय वा वडा कार्यालयले हटाउन बाध्य हुने जानकारी पनि दिएका छन्।

यसअघि शुभाघाट मेलाको तयारी सम्बन्धमा बुधवार गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनको अध्यक्षतामा बसेको बैठकमा खैरेनी चौरको भित्तापट्टि सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेका इनार, सेप्टीटंकी, पशुपन्छीका खोरहरु हटाउन सूचना जारी गर्ने विषयमा छलफल भएको थियो।

खैरेनी क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हुँदै गएपछि मेला लाग्ने चौर साँघुरिदै गएको जसले गर्दा शुभाघाटको ऐतिहासिक महत्व र पहिचान मेटिँदै जाने डरलाग्दो अवस्था आएको भन्दै अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ८ नं. वडा कार्यालयले अग्रसरता लिएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!