Sunday, July 21, 2024
spot_img

विवेकशील साझाकी महासचिव रन्जु दर्शनाद्वारा गुर्भाकोटको पर्यटकीय स्थल खटाङको अवलोकन

सुर्खेत। विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनाले गुर्भाकोटको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खटाङ क्षेत्रको अवलोकन गरेकी छन्। भुकम्प प्रभावित क्षेत्र जाजरकोटको बारेकोटबाट नेपालगञ्ज विमानस्थलतर्फ जानेक्रममा बिहीवार दिउँसो खटाङ क्षेत्रको अवलोकन गरेकी हुन्।

दर्शनालाई खटाङ संरक्षण समितिका अध्यक्ष बिरबहादुर खत्री र सूर्यदीप रेग्मीले स्वागत गरेका थिए। अवलोकनपछि महासचिव दर्शनाले सुन्दर तथा धार्मिक महत्वको खटाङ क्षेत्रको पर्याप्त प्रचारप्रसार हुनुपर्ने धारणा राखिन। उनले खटाङको उचित प्रचार प्रसार हुन सके गुर्भाकोटको आन्तरिक आयमा समेत वृद्धि हुनसक्ने जिकिर गरिन।

खटांग क्षेत्रको भ्रमण पछि मेहेलकुना बजारको एम.के होटलमा आयोजित कफी संवादमा नेतृ दर्शनाले राजनीति बदल्न युवाहरुले सङ्गठित अभियान चलाउनु पर्ने धारणा राखिन। नेतृ दर्शनासँगै जाजरकोट पुगेर आएका विवेकशील साझाका कृषि विभाग प्रमुख कृषि विज्ञ धनेज थापाले गुर्भाकोटका कृषि पकेट क्षेत्रहरुमा कृषि उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्न सुझाव दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!