सुर्खेत। आगलागीबाट नष्ट भएको फेन्सी पसल पुनःस्थापनाका लागि सहयोग रकम जुट्न थालेको छ। मेहेलकुना बजारमा रहेको डि.आर फेन्सी स्टोर बुधवार राति आगलागीबाट पूर्ण रुपले नष्ट भएको थियो।
आर्थिक मन्दीका बेला लाखौं नोक्सानी बेहोरेको एकजना व्यापारी माथि उठ्न नसक्ने भन्दै सञ्चार उद्यमी सूर्यदीप रेग्मी, स्वास्थ्यकर्मीद्वय लोकेन्द्र डाँगी र शेरबहादुर खत्री एवं भेटनरीकर्मी सुरेश रोकायले पुनःस्थापनाका लागि रकम संकलन गर्ने अभियान सुरु गरेका थिए।
युवाहरुले सुरु गरेको पुनःस्थापनाका लागि रकम संकलन अभियानमा पहिलो दिन १४ हजार १ सय १० रुपैयाँ संकलन भएको छ। उक्त रकम मध्ये सूर्यज्योति मा.वि. मेहेलकुनामा कार्यरत सन्तबहादुर राजीले ५ हजार १ सय पाँच रुपैयाँ, स्वास्थ्यकर्मी शेरबहादुर खत्रीले २ हजार ५ सय पाँच रुपैयाँ, नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिका चित्रबहादुर रेग्मीले २ हजार रुपैयाँ संकलन गरेका हुन्। यसैगरी सहारे स्वास्थ्य चौकीका इन्चार्ज लोकेन्द्र डाँगीले १ हजार ५ सय, आधारभूत विद्यालय डाँफेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विपिन रेग्मीले २ हजार रुपैयाँ र नाम नखुलाउने शर्तमा मेहेलकुनाका स्थानीय एकजना व्यापारीले १ हजार रुपैयाँ सहयोग गरेका हुन्।
डि.आर फेन्सी स्टोर पुनः स्थापनाका लागि मंसिर १५ गतेसम्म रकम संकलन गरिने छ। सहयोग गर्न चाहने दाताहरुले निम्न लिखित खातामा रकम जम्मा गर्न सक्ने छन्।