भुकम्प पीडितलाई सहारे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको राहत

पढ्नै पर्ने

सुर्खेत। जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरूका लागि गुर्भाकोट नगरपालिकाको वडा नं. ४ मा रहेको सहारे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले राहत रकम संकलन गरेका छन्। स्वास्थ्य चौकीका इन्चार्ज जनस्वास्थ्य निरीक्षक लोकेन्द्र बहादुर डाँगीको पहलमा आइतबार स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेका हुन्।

भुकम्प पीडितको उपचार व्यवस्थापन, राहत तथा पुनःनिर्माणमा ऐक्यबद्धता जनाउँदै व्यक्तिगत तवरबाट रकम संकलन गरिएको इन्चार्ज डाँगीले बताए। संकलित रकम कर्णाली प्रदेश सरकारसँगको समन्वयमा पीडितहरु समक्ष पुर्याइने डाँगीको भनाई छ।

राहत रकमका लागि इन्चार्ज डाँगीले ५ हजार रुपैयाँ, जनस्वास्थ्य निरीक्षक कोमल थापाले ३ हजार रुपैयाँ, सिअनमी सूर्यकुमारी शाहीले ५ हजार रुपैयाँ, सिअहेव विजया कुमारी शर्माले ३ हजार रुपैयाँ, सिअहेव झगवीर महरले २ हजार २० रुपैयाँ, सिअनमी लोकमाया वलीले ३ हजार रुपैयाँ, ल्याब असिस्टेन्ट हरीबहादुर वलीले २ हजार रुपैयाँ, अनमी सेसा खड्काले १ हजार ५ सय रुपैयाँ, कार्यालय सहयोगी देविका घर्तीले १ हजार ५ सय र कार्यालय सहयोगी टिका रानाले १ हजार गरी कूल २७ हजार २० रुपैयाँ संकलन गरिएको गरिएको छ।

कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!